बुधबार, वैशाख १२, २०८१

प्रचण्डप्रति लक्षित गदै प्रधानमन्त्रीले सोधे-‘के हो प्रतिगमन ? मलाई पनि बुझाई दिउँ न !’

मेरोन्यूज २०७८ वैशाख १ गते १७:३५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिगमन भनेको के हो ? भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधीसभा विघटनको निर्णय लिएपछि प्रचण्ड लगायतका नेताहरुले ओलीको कदमलाई प्रतिगमन भन्दै आईरहेका थिए ।

प्रतिगमनको गलत अर्थ लगाउने काम अहिले भईरहेको भन्दै जसले प्रतिगमन भन्दै आईरहेका छन्, उनीहरुले नै यसको अर्थ बुझ्न नसकेको प्रधानमन्त्रीको भनाई थियो ।


बुधबार काठमाडौंमा २०६२/६३ को जनआन्दोलन, माओवादी जनयुद्द र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकूहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्वोधन गदैं प्रधानमन्त्री ओलीले त्यस्तो वताएका हुन् ।

‘एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ, के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन्’ प्रधानमन्त्री ओलीले भने,-‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति आक्रोशमिश्रित सम्वोधन गदै प्रधानमन्त्री ओलीले प्रतिगमनको अर्थ आफुलाई पनि बुझाईदिन आग्रह गरे ।

‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र रु केही पनि परेको छैन । अनि कसरी हुन्छ प्रतिगमन रु के हो प्रतिगमन भनेको ? मलाई पनि कसैले वुझाई दिए हुने नि ’ प्रधानमन्त्रीले भने ।

अहिलेको व्यवस्था र यो व्यवस्था सञ्‍चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने आफुले वुझेको प्रधानमन्त्रीको भनाई थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले जनआन्दोलन, जनयुद्द र मधेस आन्दोलनका योद्दा परिवारलाई दोसल्ला ओढाएर प्रमाणपत्र दिएका थिए ।

पछि प्रधानमन्त्रीलाई अप्ठायारो महसुस भएपछि गृहमन्त्री रामवहादुर थापा (बादल)ले खादा लगाइदिएका थिए । त्यस्तै उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्मानपत्र दिएका थिए ।

प्रतिक्रिया