शनिबार, वैशाख ८, २०८१

कुकुर हत्या प्रकरणः पशु अधिकारकर्मीहरुद्वारा माईतीघरमा प्रदर्शन (तस्बिर)

मेरोन्यूज २०७८ वैशाख १ गते १७:०८

काठमाडौं । गत १८ चैतमा खैरे कुकुरलाई हत्या गरेको विरोधमा माईतीघरमा पशु अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् ।

काभ्रेको २८ किलोमा कुकुरलाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेको विषयलाई लिएर पशु अधिकारकर्मीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेल–४, २८ किलोमा कुकुरलाई कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीको अनुसन्धानमा ८ वर्षको बालकलाई कुकुरले टोकेपछि दुईजनाले कोदालो र फलामको रडले टाउकोमा प्रहार गरेको देखिएको छ ।

घटनापछि पशु अधिकारकर्मीले बच्चाको घरमा समेत तोडफोड गरेको पाइएको काभ्रे प्रहरीले जनाएको छ । दुवै पक्षविरुद्ध मुद्दा चलाउने प्रहरी तयारी छ ।

कुकरको हत्या भएको भन्दै २९ चैतमा नेशनल एनिमल रिसर्च सेन्टरले प्रहरीमा जाहेरी दिएको थियो ।

तस्बिर सौजन्यः फोर पज क्लिनिक (Four Paws Clinic)

प्रतिक्रिया