बिहीबार, चैत १५, २०८०

भेरी अस्पतालको प्रयोगशालामा गरिएको कुल परीक्षणमध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण

मेरोन्यूज २०७८ वैशाख १ गते १५:१४

काठमाडौं । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाब मध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १२३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना संक्रमित हुनेमा ४ वर्षको बालक देखि ८१ वर्षीया वृद्धा समेत छन् ।

प्रतिक्रिया