शुक्रबार, वैशाख ७, २०८१

५९३ जना विभुषित

यस्तो छ चुच्चे नक्सा सहितको विभुषण

मेरोन्यूज २०७८ वैशाख १ गते १४:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चुच्चे नक्सा सहितको विभूषण वितरण गरेकी छन् ।

बुधबार शीतल निवासमा आयोजित कार्यक्रममा चुच्चो नक्सा समेटिएको तक्मा सहित ५९३ जनालाई विभुषित गरिएको हो ।

गत २०७६ का लागि घोषणा भएका ६६३ जनालाई विभूषण, तक्मा र पदक बाँडेको छैटौं दिनमा पुनः २०७७ सालको विभुषण वितरण गरिएको गृहमन्त्रालयले जनाएको छ ।

गत चैत २७ गते वितरण गरीएको विभुषणमा लिपुलेक, कालापानि, लिम्पियाधुरा सहितको चुच्चे नक्सा नसमेटिएको विषयमा चर्को आलोचना भएको थियो । गृह मन्त्रालयले भने चुच्चे नक्सा सार्वजनिक नहुँदै सो विभुषण तयार भएको र कोरानाका कारण वितरणमा ढिलाई भएको जनाएको थियो ।

प्रतिक्रिया