शुक्रबार, चैत १६, २०८०

श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित एक जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख १ गते १४:२४

पर्सा । वीरगञ्ज महानगरपालिका(६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका(३ छप्कैया बस्ने ४८ वर्षीय श्री भगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने क्रममा उक्त श्रोत नखुलेको रकम फेला पारी पक्राउ गरेको हो ।

उनी उपर ल्याई वैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया