बुधबार, वैशाख १२, २०८१

प्युठानमा जिप दुर्घटना: ३ को मृत्यु, ११ जना घाईते

मेरोन्यूज २०७८ वैशाख १ गते १३:१४

प्युठान । गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि जाँदै गरेकाे जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । भने ११ जना घाईते भएका छन् ।

तम्घास बाट जिल्ला प्रसासनको टोलि लियर गएको लु १ ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी जाने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र १ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक देवि प्रसाद गैरेले जानकारी दिएका छन् ।

थप ११ जनाको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरी निरिक्षक गैरेले जनाएका छन् । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया