शनिबार, वैशाख ८, २०८१

‘सरकार छ कि छैन,भनेर खोज्नु पर्ने अवस्था छ’- कांग्रेस नेता सिंह

मेरोन्यूज २०७८ वैशाख १ गते १३:०६


चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् ।
नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताए ।


‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ ।’ उनले भने ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक,राजनैतिक तरवरले प्रधानमन्त्री हुने बैधानिकता गुमाए । ओलीले तत्काल राजीनामा दिनु पर्छ ।’

साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागी कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिबेशन समयमै हुनुपर्ने बताए ।

सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमीत गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ ।
लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुदाँ अहिले नेपाली कांगे्रसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनको भनाई छ ।

प्रतिक्रिया