शुक्रबार, चैत १६, २०८०

सुन्दरहरैंचामा टिपर ठक्करबाट एक महिलाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख १ गते १२:१२

मोरङ । मोरङमा बुधबार बिहान टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मोरङ सुन्दरहरैंचा ७ की ६५ वर्षीया मैया श्रेष्ठको टिपरको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

बिहान सवा ५ बजे सुन्दरहरैचा ७ स्थित राजमार्गमा प्रदेश १-०२-००१ ख ८५३० नम्बरको टिपरले पैदल हिँडिरहेकी मैयालाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ अनुसार गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा ६ बजे मृत्यु छ।

प्रतिक्रिया