शुक्रबार, वैशाख १४, २०८१

सरकार सकेसम्म लकडाउनमा जान चाहदैन : प्रधानमन्त्री

मेरोन्यूज २०७८ वैशाख १ गते ८:३८

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार सकेसम्म कोभिडका कारण फेरी लकडाउनमा जान नचाहेको वताएका छन् । नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्वोधन गदै प्रधानमन्त्री ओलीले सरकारले लकडाउन सकेसम्म नसोचेको वताएका हुन् । तर उनले सरकारले वनाएको सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, सजकता अपनाउनु पर्ने विषयमा भने सवैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यूरोप लगायतका देशहरुमा फेरि पनि लकडाउन भएको उदाहरण प्रस्तुत गदै प्रधानमन्त्रीले सुरक्षा सर्तकतामा भने ध्यान दिनुपर्ने वताएका हुन् । प्रधानमन्त्रीले भने, -सरकार सकेसम्म कोभिडका कारण लकडाउन चाहदैन । तर हामीले हेक्का राख्नुपर्छ । यूरोपका कतिपय देशले हवात्तै वढाएपछि लकडाउन गरेका छन् । हामी हाम्रैं सजकताका साथ परिस्थितीलाई विग्रन नदिउ, अस्ति महिले वोल्दा लकडाउन गर्न धम्की दियो भनेर भने, हामी सतर्क वनेर अगाडी जान तयार हुनुपर्छ ।

प्रतिक्रिया