शुक्रबार, वैशाख ७, २०८१

देशवासीका नाममा प्रधानमन्त्रीको सम्वोधन : नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता

मेरोन्यूज २०७८ वैशाख १ गते ८:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो पा्रथमिकता भएको वताएका छन् । कोभिडवाट नागरिकको जीवनरक्षालाई सरकारले पा्रथमिकतामा राखेको भन्दै जनताको जीवनरक्षा गर्न सके अन्य विषय पून सोच्न सकिने भएकाले सरकारले सोही अनुसारको नीति अगाडी वढाएको प्रधानमन्त्रीको भनाई थियो ।

नयाँ वर्ष २०७८ को अवसरमा सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयवाट देशवासीलाई सम्वोधन गदै प्रधानमन्त्री ओलीले त्यस्तो वताएका हुन् ।

कात्तिकवाट नियन्त्रणमा लिएपनि चैतको शुरुआतीवाट फेरि कोरोना वढन थालेको प्रधानमन्त्रीको भनाई थियो । कोरोना वढ्न नपाओस, तीव्र क्षति नहोस, जनधनको क्षति नहोस, अर्थब्यवस्थामा प्रतिकुल असर पार्न नसकोस भनेर सजग हुनुपर्ने अवस्था फेरि आएको भन्दै प्रधानमन्त्रीले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गर्न र चिकित्सकले दिएका सुझावलाई शिरोधार्य गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले ०७७ साल राजनीतिक अस्थिरता रहेपनि गत वर्ष पनि निरर्थक वर्ष नरहेको प्रधानमन्त्रीकोभ नाई थियो । मेलम्चीको पानी को दशकौंको प्रयास सफल भएर काठमाडौंका धाराहरुमा मेलम्चीका पानी झार्न सफल भएको, पूर्ननिर्माणका काम तिव्र गतिमा भएकोले पनि निरर्थक वर्ष २०७७ लाई हुन नदिएको प्रधानमन्त्रीले बताए ।

कोभिड १९ दुनियाका कसैका लागि पनि पहिले देखि चिनिएको जानिएको विषय नरहेको र यसको सामना कसरी गर्ने भन्ने अनुमानकै भरमा चल्नुपर्ने अवस्था रहेकोको वेला सरकारले नागरिकको जीवनरक्षा गर्नु पहिलो कर्तब्य ठानेर सोही अनुसारको काम गरेको प्रधानमन्त्रीको भनाई थियो ।

नागरिकको जीवन रहेन भने कुनै कुराको सुचारु हुन सक्दैन भन्ने भावका साथ सरकारले काम गरेको प्रधानमन्त्रीले बताए ।

सही नीतिका कारण सरकार असफल नभएको जिकिर गदै प्रधानमन्त्रीले तुलनात्मक रुपमा कम क्षति भएपनि सरकारको प्रयास सफल रहेको वताए ।
गएको वर्षलाई सफलताको वर्ष मान्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।

पृथकतावादीहरुलाई मुलधारमा ल्याएर संविधानको सर्वस्वीकार्यताका लागि काम गरेर महत्वपूर्ण काम गरिरहेको र अहिलेको वर्ष पनि हिंसाको वाटो हिडेकालाई पनि मुलधारमा ल्याएर अर्काे सफलता प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो । राजनीतिक अभिष्ट सम्वैधनिक र शान्तिपूर्ण राजनीतिवाटै प्राप्त गर्न सकिन्छ भन्ने स्थापित गरेको प्रधानमन्त्रीले वताए ।

यसरी हेर्दा सरकारले ठूला सफलता प्राप्त गरेको प्रधानमन्त्रीले जिकिर गरे ।

प्रधानमन्त्रीले सभाहलहरु वन्ने देखि संसद भवन वन्ने सम्मका थुप्रै निर्माण कार्य भएको र जनतालाई आशा जगाउने धेरै काम भएको पनि प्रधानमन्त्रीको भनाई थियो । केही नभएको भन्दै जनता भडकाउने काम गरेपनि सरकारले जनतामा आशा र भरोसा जगाउने काम लगातार गरिरहेको प्रधानमन्त्रीले जिकिर गरे ।

दिनमा साढे ५ किलोमिटर वाटो वनेको पनि प्रधानमन्त्रीले बताए ।
एक दिनमा कम्तीमा १२ ओटाका दरले आवासगृह वनेको प्रधानमन्त्रीले वताए ।

प्रतिक्रिया