बुधबार, वैशाख १२, २०८१

४६० कोरोना संक्रमित थपिए, ५ जनाको मृत्यु

मेरोन्यूज २०७७ चैत ३१ गते १७:४५

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४६० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६० जना कोरोना संक्रमित थपिएको जनाएको छ ।

हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या दुई लाख ८० हजार नौ सय ९४ पुगेको छ । यसैगरी, सोही समयमा देशभर पाँच जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट तीन हजार ५८ संक्रमितको मृत्यु भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा एक सय ५३ कोरोना संक्रमितको उपचारपछि निको भएका छन् । हालसम्म देशभर दुई लाख ७४ हजार तीन सय १८ कोरोना संक्रमित निको भइसकेका छन् । त्यसैगरि सक्रिय संक्रमितको संख्या तीन हजार छ सय आठ पुगेको छ ।

हालसम्म तीन हजार छ सय आठ जना आइसोलेसनमा रहेको छ भने ८५ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म देशभर २३ लाख २१ हजार छ सय ७० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया