शनिबार, वैशाख ८, २०८१

४० देखि ५९ उमेरसम्मका नागरिकलाई चिनियाँ खोप लगाइँदै

मेरोन्यूज २०७७ चैत ३१ गते १५:५३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनले उपलब्ध गराएकाे भेरोसेल खोप ४० देखि ५९ उमेरसम्मका सम्पूर्ण नागरिकलाई दिने भएको छ ।

मंगलबारबाट वैशाख ५ गतेसम्म निरन्तर अभियान संचालन गरिने मन्त्रालयले जनाएको छ । सोमबार बसेको सचिवस्तरीय बैठकले सार्वजनिक यातायातका चालक तथा सहचालकलाई पनि खोप सेवा प्रदान गर्न र संचालित खोप अभियानमा लक्षित वर्गलाई निरन्तरता दिने निर्णय गरेको हो। विभिन्न १६ वटा अस्पतालबाट उक्त खाेप लगाउन थालिएकाे छ ।

प्रतिक्रिया