शुक्रबार, वैशाख १४, २०८१

एक महिना विद्यालय बन्द गर्ने सरकारको तयारी

मेरोन्यूज २०७७ चैत ३१ गते १५:४७

काठमाडौं । सरकारले कोभिड-१९ को संक्रमण बढेसँगै प्रमुख शहरका विद्यालय एक महिना बन्द गराउने तयारी गरेकाे छ । विद्यालयमा भाैतिक रूपमा उपस्थित भएर अध्ययन, अध्यापन गराउँदा संक्रमण फैलन सक्ने सम्भावना उच्च रहेकाे भन्दै स्वास्थ्य, तथा जनसंख्या मन्त्रालयले एक महिना अनलाइनबाटै पठनपाठन गराउन व्यवस्था मिलाउन लागिएकाे जनाएकाे हाे । सिसिएमसीले एक महिनाका लागि विद्यालय बन्द गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेकाे छ ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, “सरकारले सहरका विद्यालयहरुले एक महिना अनलाइनबाट पठनपाठन गराउने तयारी गरेको छ ।” यद्यपि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरिसकेकाे छैन् । केही विद्यालयका विद्यार्थीमा काेराेनाकाे नयाँ भेरियन्ट भेटिएकाे । काेराेनाका कारणा गतवर्ष चैतदेखि बन्द भएका विद्यालय माघदेखि नियमित खुलेका थिए । त्यसअघि अनलाइनबाट पठनपाठन हुँदै आएकाे थियाे ।

प्रतिक्रिया