शुक्रबार, वैशाख १४, २०८१

काेराेना अघिअघि, सरकार पछिपछि

स्वास्थ्यमन्त्री भन्छन्- काेराेना संक्रमण डरलाग्दाे अवस्थामा पुग्याे, बालबालिका जाेगाउने चुनाैती

दैनिक ११ हजार काेराेना संक्रमित थपिने स्वास्थ्य मन्त्रालयकाे प्रक्षेपण

मेरोन्यूज २०७७ चैत ३१ गते १३:४६

काठमाडाैं । छिमेकी भारतमा काेराेना संक्रमण तीव्र गतिमा फैलिएसँगै त्यसका प्रत्यक्ष प्रभाव नेपालमा पनि परेकाे छ । एक साता अघिसम्म १०० काे हाराहारीमा भेटिने काेराेना संक्रमित केही दिनयता दाेब्बर, तेब्बरकाे संख्यामा फेला पर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक अनुसार साेमबार मात्रै ५५९ संक्रमित फेला परेका छन् । जुन पछिल्लाे छ महिनाकाे उच्च संख्या हाे । यसैगरी साेमबार पनि ३०३ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

भारतमा काेराेना बढेसँगै नेपालमा पनि संक्रमितकाे ठूलाे संख्या देखिन थालेकाे जनस्वास्थ्यविद्काे भनाइ छ । सीमा क्षेत्रमा कडाइ नगरिनु, स्वास्थ्य मापदणडकाे पालनामा बेवास्ता, भीडभाडजन्य गतिविधि बढेसँगै देशव्यापी काेराेनाकाे संक्रमण वृद्धि भइरहेकाे छ । सरकारले काेराेना नियन्त्रणामा उल्लेख्य कदम चाल्न सकेकाे छैन् ।

भारतमा काेराेना झण्डै नियन्त्रण बाहिर पुगेकाे छ । कामकाे खाेजीमा भारत छिरेका नेपाली त्यहाँ काेराेना बढेपछि पुनः नेपाल फर्कन थालेका छन् । कतिपय नेपाली भारतबाटै संक्रमण लिएर गाउँघर पुगिरहेकाे अवस्था छ । उनीहरूलाई उचित परीक्षण तथा निगरानीकाे व्यवस्था सरकारले गर्न सकेकाे छैन । जसले गर्दा नेपालमा काेराेनाले भयावह अवस्था सिर्जना गर्ने भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताए । ‘डरलाग्दाे संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ,’ मन्त्री त्रिपाठीले भने ।

अहिलेकै अनुपातमा काेराेना संक्रमण बढ्दै गए दैनिक ११ हजार संक्रमित थपिने मन्त्रालयकाे प्रक्षेपण छ । काेराेनालाई समयमै नियन्त्रणमा लिन नसके जेठदेखि असारसम्म ६ लाख संक्रमित पुग्ने उनकाे भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ८० हजार बढीमा काेराेना संक्रमण पुष्टि भइसकेकाे छ । जसमध्ये दुई लाख ७४ हजार काेराेनामुक्त भइसकेका छन् ।

विशेषगरी भारतमा काेराेना बढिरहेकाे र त्यहाँबाट फर्कने नेपालीमा पनि नयाँ प्रकारकाे भेरियन्ट देखापरेपछि सरकारले राेकथामकाे तयारी गरेकाे उनकाे भनाइ छ । ‘दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ’ मन्त्री त्रिपाठीले भने, ‘मुख्य सीमा नाकामा १ हजार बस्न सक्ने होल्डिङ सेन्टर बनाइने तयारी छ । उनले सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्ने कामहरु पनि सरकारले अगाडि बढाएको बताए ।

सरकारले भारतबाट हुन सक्ने जाेखिम न्यूनीकरण गर्न सुरक्षात्मक उपाय अवलम्बन गर्ने तयारी गरिरहँदा भारतबाट फर्केका नेपालीमध्ये ठूलाे संख्यामा संक्रमण पुष्टि भइसकेकाे छ । । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर सरकारले गतिविधि अगाडि बढाइकाे मन्त्री त्रिपाठीकाे भनाइ छ ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया