बुधबार, वैशाख १२, २०८१

दोलखाको बिगुमा जिप दुर्घटना, एकै गाउँका चार जनाको मृत्यु

मेरोन्यूज २०७७ चैत ३१ गते ७:०६

चरिकोट । दोलखाको बिगु गाउँपालिका–४, सिँगटीमा जिप दुर्घटना भएको छ । र्दुघटनामा परि एकै गाउँका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्दिका खड्का छन् ।

उनीहरू सबै एकै गाउँका रहेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।


र्दुघटनामा परी अन्य थप १७ जना घाइते भएका छन् । घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीया सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का छन् । यस्तै सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का लगायत छन् ।

घाइतेहरुको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।


सोमबार बेलुकी ११ बजे सिँगटीमा जिप सडकबाट तल खसेर दुर्घटना भएको हो । वाग्मती प्रदेश ०१०२३ च ७५८० नम्बरको जिप दुर्घटनामा परेको हो ।

तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया