बिहीबार, चैत १५, २०८०

कोभिडको जनस्वास्थ्य मापदण्डबारे उप-प्रधानमन्त्रीले आज देशबासीलाई अपिल गर्ने

मेरोन्यूज २०७७ चैत ३१ गते ६:४७

काठमाडौं । भारतमा भयावह हुदै जान थालेको कोरोनाको दोश्रो लहर नेपालमा समेत फैलन थालेपछि सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड सार्वजनिक गर्ने भएका छन् ।

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक सस्था लगायतका कतिपय ब्यवसाय तत्काल वन्द गरेर जान सरकारलाई सिफारिस गरेपनि सरकारले भने कुनै पनि ब्यवसाय वन्द नगर्ने तर नयाा स्वास्थ्य मापदण्ड लागु गर्ने गरी तयारी थालेको छ ।

यस सम्वन्धमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को वैठकले निर्णय लिईसकेको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलले आज यस सम्वन्धमा सार्वजनिक सञ्चारमाध्यममार्फत देशवासीलाई अपिल गर्ने भएका छन् । सञ्चारमान्त्री पार्वत गुरुङले जनस्वास्थ्यका नयाँ मापदण्ड सरकारले बनाएको र त्यसको सार्वजनिककरण आज उपप्रधानमन्त्रीले गर्ने निर्णय भएको वताए ।

नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अपनाउनुपर्ने नियमहरुको बारेमा उपप्रधानमन्त्री पोखरेलले देशवासीमा अपिल गर्न खोजेका हुन् ।


उपप्रधानमन्त्रीले देशबासीलाई गर्ने अपिलमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र सरकारका प्रवक्ता पार्वत गुरुङले पनि सँगै जनस्वस्थ्य मापदण्डको पालनाका विषयमा जानकारी दिने तयारी छ ।

Advertisement

यूके भेरिएन्ट फैलिएको र जोखिम बढेको परिस्थिती आंकलनसहितको छलफल मन्त्रिपरिषद्मा सोमबार भएपनि तत्काल लकडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।

संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने वताउँदै आएको छ । सोमबार मात्रै १३ जना संक्रमितको मृत्यु भईसकेको छ । पछिल्लो पटक संक्रमितहरुमा बालबालिका पनि प्रभावित हुन थालेका छन् ।

प्रतिक्रिया