बुधबार, वैशाख १२, २०८१

काेराेना महामारीबीच परीक्षा

एसईई परीक्षा नरोकिने

परीक्षामा ५ लाख १७ हजार १२२ विद्यार्थी सहभागी हुँदै

मेरोन्यूज २०७७ चैत ३० गते १९:५०

काठमाडौं । सरकारले निर्धारित समयमै माध्यामिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज सरोकारवालाबीचको छलफलले स्वास्थ्य मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मुलुकमा फेरि कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि परीक्षा सञ्चालनबारे अन्योल छाएको थियो । शिक्षा सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको उक्त छलफलले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्ने निष्कर्ष निकालेको हो ।

शैक्षिक सत्र २०७७ को एसईई परीक्षा आगामी जेठ १३ देखि २६ गतेसम्म हुँदैछ । गतवर्ष पनि कोरोना भाइरसका कारण एसईई परीक्षा निर्धारित मितिमा हुन सकेको थिएन । एसईई परीक्षा हुन नसकेपछि विद्यालयले लिएको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिएको थियो ।

यसपटक देशभरबाट एसईई परीक्षामा ५ लाख १७ हजार १२२ विद्यार्थी सहभागी हुँदैछन् । एसईई परीक्षाका लागि देशभर २ हजार १४ परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

क्र.सप्रदेशविद्यार्थी संख्यापरीक्षा केन्द्र
१. प्रदेश नं. १८९,०३६३७६
२.प्रदेश नं. २८०,९७३२७३
३. वाग्मती१११,७१७४२७
४. गण्डकी४८,९७७२२२
५. लुम्बिनी८८,९५२३२७
६. कर्णाली३८,७२७१७८
७. सुदूरपश्चिम५८,७४०२११
जम्मा ५१७,१२२२०१४

प्रतिक्रिया