बुधबार, वैशाख १२, २०८१

कर तिर्न राजश्व विभागकाे ताकेता, अन्तिम म्याद भोली

मेरोन्यूज २०७७ चैत ३० गते १२:०८

काठमाडौं । आन्तरिक राजश्व विभागले कर तिर्नका लागि उद्योगी व्यवसायीलाई बोलाएको छ ।

चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम चैत मसान्त अर्थात भोली २०७७/१२/३१ गते सम्म बुझाउन विभागले अनुरोध गरेको छ ।

यस्तै यसअघि पेश गरेको अनुमानित आय विवरणमा संशोधन गर्नुपर्ने भएमा सोसमेत ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्नेछ ।

सो गरे थप शुल्क, जरिवाना र ब्याज नलाग्ने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया