बिहीबार, वैशाख १३, २०८१

प्रदेश १ मा सिभिल इन्जिनियरिङ तर्फ ८२ पदमा विज्ञापन खुल्यो

मेरोन्यूज २०७७ चैत ३० गते ८:४१

काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले चौथो र पाँचौं तहको सिभिल इन्जिनियर पदका लागि विज्ञापन खुलाएको छ ।

चौथो तहको असिस्टेन सब–ईञ्जिनियर पदका लागि ९ जना आन्तरिक प्रतिस्पर्धाबाट, २५ जना खुला, ११ जना महिला, चार जना आदिवासी जनजाती र १ जना मधेसी कोटा गरी ५० जनाको विज्ञापन गरेको हो ।

यस्तै पाँचौं तहको सब इन्जिनियर पदका लागि खुलामा २२ जना, महिलामा ९ जना र आदिवासी जनजातीमा १ जना गरी प्रदेश लोक सेवा आयोगले ३२ जनाको विज्ञापन खुलाएको छ ।

प्रदेश १ अन्तर्गतका विभिन्न स्थानीय तहका लागि उक्त पदमा दरखास्त आह्वान भएको सोमबारको गोरखापत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिक तर्फका पदहरूको खुला र समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्न दरखास्त आह्वान भएको लोक सेवा आयोगको प्रदेश कार्यालयले जनाएको छ ।

१८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र योग्यता पुगेको व्यक्तिले आगामी बैखाख १९ गतेभित्र दरखास्त दिइसक्नुपर्ने छ । परीक्षा केन्द्र प्रदेश १ को राजधानी विराटनगर तोकिएको छ ।

प्रतिक्रिया