शनिबार, वैशाख १५, २०८१

जसपा अझै पर्ख र हेरको रणनीतिमा

मेरोन्यूज २०७७ चैत २९ गते २०:५२
फाइल फाेटाे

काठमाडौं । जनता समाजवादी पार्टीको शीर्ष नेताबीचको आजको बैठकले नयाँ सरकार गठनका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको भए पनि बिना कुनै निर्णय आजको बैठक सकिएको छ ।

बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुरले नेपाली काँग्रेस वा नेकपा (एमाले)लाई प्रधानमन्त्री बनाउन जसपाले हतारिएर निर्णय गर्न आवश्यक नरहेको भन्दै पर्ख र हेरको नीति लिनुपर्ने बताएका थिए ।

ठूला दलको लडाईंका कारण जसपाले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उनले हतारो गर्न नहुनेमा जोड दिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रतिक्रिया