शनिबार, वैशाख ८, २०८१

व्यावसायिक सुरक्षाको प्रत्याभूति दिलाउन सुनचाँदी व्यवसायीकाे आग्रह

मेरोन्यूज २०७७ चैत २९ गते २०:३७

काठमाडाैं । सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या गरिएकामा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका प्रवक्ता मनोजकुमार शाहका अनुसार लहानस्थित अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थियो । सो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित बनाएको भन्दै महासङ्घले मुलुकको सुरक्षा व्यवस्था र व्यावसायिक सुरक्षाको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

सिरहाको लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि नचिनेका मानिसहरुले अमिता ज्वेलर्समा रहेको सुनचाँदी र नगद पनि लुटपाट गरेका थिए । महासङ्घले यस्ता घटना दोहोरिन नदिन सरकारसँग आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न तथा मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

प्रतिक्रिया