शुक्रबार, वैशाख ७, २०८१

कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनका बारेमा छलफल

मेरोन्यूज २०७७ चैत २९ गते १७:३२
फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकमा आसन्न महाधिवेशनका बारेमा छलफल भएको छ । कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडाैंमा आयाेजना गरिएकाे छ । पार्टी कार्यालय सानेपामा आइतबार अपराह्न बसेकाे बैठकमा सोमबारदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका बारेमा पनि छलफल हुने केन्द्रीय सदस्य प्रदीप पाैडेलले जानकारी दिए ।

बैठकमा क्रियाशील सदस्यता छानबिन र समायोजनका विषयमा सम्बन्धित समितिका सभापति र सदस्यसँग छलफल भइरहेकाे छ । कांग्रेसले करिब ७० जिल्ला र ९० भन्दा बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरण गरिरहेकाे छ ।

अन्य निर्वाचन क्षेत्रमा पनि क्रियाशील सदस्यता वितरणको काम भइरहेको बताइएको छ । कांग्रेसको ७ जिल्लामा क्रियाशील सदस्यता वितरण भइरहेको छैन । ती जिल्लामा सदस्यता वितरण गर्नका लागि समस्या के हो, त्यसलाई पहिचान गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा बैठकमा छलफल हुने उनले बताए ।

बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी भएका छैनन् ।

प्रतिक्रिया