मंगलबार, वैशाख ११, २०८१

कोरोना संक्रमण बढ्दै, पछिल्लो २४ घन्टामा थपिए ३०३ संक्रमित

मेरोन्यूज २०७७ चैत २९ गते १७:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२५ नमूना परीक्षणमा ३०३ जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ । सक्रिय संक्रमितको संख्या २ हजार ९६१ छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया