मंगलबार, वैशाख ११, २०८१

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात

मेरोन्यूज २०७७ चैत २९ गते १२:३१


काठमाडौं । १४औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । साविकको उपविजेता रहेको दििल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्सलाई पराजित (आईपीएल) मा आफ्नो विजयी सुरुवात गरेको हो।

चेन्नाईले दिएको १ सय ८९ रनको लक्ष्य दिल्लीले १८.४ ओभरमा खेल्दै ३ विकेट गुमाएर पूरा गरेको हो । दिल्लीका लागि शिखर धवनको सर्वाधिक ८५ रन बनाए । उनले ५४ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । पृथ्वी शले ३८ बल खल्दै ९ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । मार्कु स्टोइनिसले १४ रन जोडे । यस्तै पहिलो पटक दिल्लीको कप्तानी सम्हालेका ऋषभ पन्त १५ रनमा अविजित रह
चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले १ विकेट लिए ।

त्यसअघि मुम्बईको वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । चेन्नाईको लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । गत संस्करण नखेलेका रैनाले यस पटक सुरुवातमै उत्कृष्ट ब्याटिङ गरे । उनले २६ बल खेल्दै ३ चौका र ४ छक्का मद्दतमा ५४ रन बनाए । यस्तै मोइन अलीले ३६ रन जोडे । टिमको स्कोर ७ हुँदा ओपनर फाफ डु प्लेसिस र रितुराज गाएकवार्डलाई गुमाएको चेन्नाईका लागि रैना र मोइनले ५३ रनको साझेदारी गरेका थिए ।

आक्रामक ब्याटिङ गरेका साम करनले १५ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ३४ रन जोडे । अम्बाती राएडुले २३ रन बनाए । रविन्द्र जडेजाले १७ बल खेल्दै ३ चौका मद्दतमा अविजित २६ रन बनाए ।
दिल्लीका लागि बलिङमा क्रिस वोक्स र आभेषष खानले २(२ तथा रविचन्द्रन आश्विन र टम करनले १(१ विकेट लिए ।

प्रतिक्रिया