बिहीबार, वैशाख १३, २०८१

चितवनमा गाडी दुर्घटना हुदा दुई जनाको मृत्यु

मेरोन्यूज २०७७ चैत २९ गते ११:०२

चितवन । चितवनमा गाडी दुर्घटना हुदा दुई जना यात्रुको मृत्यु भएको छ । भरतपुरबाट शारदानगर जाँदै गरेको ना १ ज ३८५९ नम्बरको म्याजिक गाडी सडकको कल्भर्टबाट खाल्डोमा खसेको थियो ।

दुर्घटनामा अन्दाजी ४५ र ५५ वर्षका पुरुषहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्कको सनाखत हुन सकेको छैन । दुर्घटनामा ८ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको छ ।

लमजुङको दोर्जि गाउँपालिका–३ वस्ने ३१ वर्षीय विनोद गुरुङ र रसुवाको कालिका–२ बस्ने १९ वर्षीय प्रदिप घिमिरेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, म्याजिक चालक भरतपुर–१९ शारदानगर बस्ने ३५ वर्षका रमेश थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुर–६ बस्ने ४७ वर्षीया शारदा परियार, भरतपुर–२१ पार्वतिपुर बस्ने ४८ वर्षीया कुमारी बिक, भरतपुर–१९ शारदानगर बस्ने ३२ वर्षीया बबिता गुरुङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भरतपुर–१९ रामपुर बस्ने २४ वर्षीय अनुप लामाको रामपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया