शुक्रबार, वैशाख ७, २०८१

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

मेरोन्यूज २०७७ चैत २९ गते १०:५९


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ वजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।

प्रधानमन्त्री केपी ओलीको सरकारको विकल्प खोज्नुपर्ने प्रस्ताव बोकेर माओवादी केन्द्र दौडधुपमा लागेपनि निश्र्कष निस्कन नसकिरहेका बेला काग्रेस पनि पछिल्लो पटक सरकार आफ्नै पार्टीको नेतृत्वमा गठनको लागि अग्रसर हुन खोजेको हो ।


यद्यपी नयाँ सरकारका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) ले ठोस निर्णय दिन नसक्दा सरकार परिवर्तनका विषयले आकार लिन सकिरहेको छैन ।

तर काग्रेसले यस विषयमा छलफल शुरु गरेको छ । उसलाई केपी ओली नेतृत्वको सरकारका बारेमा काग्रेसको ठोस धारणा के हो ? प्रष्ट हुन माओवादी केन्द्रका नेताहरुको दवाव छ ।
यही दवावका कारण पनि काग्रेसले २७ चैतमा सभापति शेरवहादुर देउवाको निवासमा काग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुको वीचमा बैठक राखेको थियो ।

उक्त वैठकमा काग्रेसले आफनो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेपनि जसपाले निर्णय दिएको छैन । उसले केही दिन समय माग गरेपछि उक्त दिनको बैठक निश्र्कषविहिन बन्न पुगेको थियो

तर आजको काग्रेस पदाधिकारी बैठकमा पनि भावी सरकारको सम्भावना र पार्टीको महाधिवेशनमा केन्द्रीत रहेर कुराकानी हुने काग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया