शनिबार, वैशाख ८, २०८१

विराटनगर सेमिफाइनलमा, भारतको युनाइटेड फुटबल क्लब ३–० ले पराजित

मेरोन्यूज २०७७ चैत २९ गते १०:२८

मोरङ । विराटनगर–११, विराटनगरको शहीद रङ्गशालामा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार साँझ भएको क्वार्टरुफाइनल खेलमा भारतको युनाइटेड फुटबल क्लब वेस्ट बङ्गाललाई पराजित गर्दै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।

फ्लड लाइटमा भएको उक्त प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा विराटनगर–११ ले वेस्ट बङ्गाललाई ३–० गोलले पराजित गरेको थियो । विराटनगरका लागि सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे ।

खेलको म्यान अफ द म्याच भएका सुनिल खड्काले १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया