बुधबार, वैशाख १२, २०८१

रविन्द्र मिश्रको ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक

मेरोन्यूज २०७७ चैत २८ गते २१:५२

काठमाडौं । विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रद्वारा रचिएको समसामयीक राजनीति माथि विवेचना गरिएको पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको बिमोचन गरेको हो ।

पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाउनु भएको छ । नेपाली राजनीतिको दुरगामी लक्ष र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गरेका छन् ।

राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृस्य पुरा हुन असम्भव रहेको निष्कर्ष दिएका छन् । कार्यक्रममा पुस्तकबारे र समसामयिक राजनीतिबारे डा। भट्टराई र डा। वाग्लेले चर्चा गरेका थिए ।

प्रतिक्रिया