शुक्रबार, वैशाख १४, २०८१

चुच्चे नक्सा नसमिटिएको पदक खारेज गर्न अनेरास्ववियुको माग

मेरोन्यूज २०७७ चैत २८ गते २१:४६

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रदान गरिएको पूर्ण नक्साविनाको पदक खारेज गर्न माग गरेको छ ।

राष्ट्रपति भण्डारीबाट प्रदान गरिएको पदकमा लिपुलेक, लिम्पियाधुरा र कालपानी नसमेटिएको भन्दै अनेरास्ववियुले शनिबार एक विज्ञप्ति जारी गर्दै पदक खारेज गर्न माग गरेको हो ।

राष्ट्रिय सहमति कायम गरी सर्वभौमसत्ता सम्पन्न सांसदबाट सर्वसम्म रूपमा पारित गरिएको नक्सालाई दृढतापूर्वक कार्यान्वन गर्ने ओली सरकारले तत्परता नदेखिएको अध्यक्ष रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया