कोरोना संक्रमण रोक्न बहराइनका दर्जनौँ कैदी रिहा गरिँदै

एजेन्सी । बहराइनले कोरोना भाइरस (कोभिड–१९) को महामारीमा जेलमा रहेका राजनीतिक बन्दीसहित दर्जनौं व्यक्तिलाई रिहा गरिदिने भएको छ ।
जेलमा रहेका कैदीहरू असुरक्षित भएको भन्दै कैदीका आफन्तहरूले विरोध जनाएपछि उनिहरुलाई रिहाई गरीएको हो ।
बहराइनको मानव अधिकारवादी संस्थाका अनुसार जेलमा भीडभाड हुँदा कैदीहरूमा कोभिड–१९ सङ्क्रमणको सम्भावना बढी भएको भन्दै उनीहरूलाई रिहा गरिने भएको हो ।
बहराइनको मानव अधिकारवादी संगठनका अनुसार सरकारी अधिकारीहरूले जेलमा रहेका राजनीतिक बन्दीसहित करिब २०० जनालाई रिहाईका लागि प्रक्रिया अघि बढाइएको छ ।
उक्त योजनाअन्तर्गत राज्यको फावस्थित जेलबाट १६६ कैदी रिहा भइसकेका छन् भने अन्यलाई आवश्यक कानूनी प्रक्रिया पुर्याएर रिहा गरिनेछ ।
रिहा हुनेमा बहराइनका चिरपरिचित अधिकारकर्मी नबिल राजबका अविभावक ७५ वर्षीय मोहम्मद जावेद पनि रहेको जानकारी गराइएको छ । उनले १० वर्षदेखि जेल जीवन बिताउँदै आएका थिए ।









सिकारीको बन्दुक पड्किँदा…
महबाटै करोडको कारोबार गर्छन् विनोद हमाल
राजनीतिसँगै कृषि उत्पादनको व्यापारमा नेतृ दुर्गा राई
चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया