बुधबार, वैशाख १२, २०८१

समृद्धि ल्याउने सारथी निजी क्षेत्र रहेको प्रधानमन्त्रीको दाबी

मेरोन्यूज २०७७ चैत २८ गते १९:१०

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा समृद्धि ल्याउने सारथी निजी क्षेत्र रहेको दाबी गरेका छन् ।

उद्योग वाणिज्य महासंघको साधारण सभाको उद्घाटन गर्दै उनले अहिले हिंसाको वातावरण, अशान्तिको वातावरण, श्रमको समस्या, उर्जाको समस्या नभएकाले अब आर्थिक विकासमा अगाडी बढ्नै पर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले भने,‘ नत्र हामीले कुनै पनि हालतमा समृद्धिको सपना साकार पार्न सक्ने छैनौ ।’

उनले सरकारले सहयोग गर्ने क्षेत्रमा आफू तयार भएकाले समृद्ध नेपाल सुखी नेपालीको लागि आर्थिक कदम थाल्न निजी क्षेत्रको सहभागिता हुनुपर्नेमा जोड दिए ।

उनले निजी क्षेत्रलाई भने,‘तपाईहरु मैले गर्नुपर्ने सहयोगका लागि आउनु होस मेरो ढोका तपाइर्हरुका लागि सदैव खुला हुने छ ।’ महासंघको मुलुकको उद्योग व्यवसाय र समग्र अर्थतन्त्रको विकासमा नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले सरकार पनि मुलुकको आर्थिक विकासका केन्द्रीत रहेकाले सरकारको विकास वाहेक अर्को कुनै स्वार्थ नभएको औंल्याए ।

महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा सरकारको पूर्ण प्रतिवद्धता रहेको उनको भनाई छ । सन् २०३० सम्म दीगो आर्थिक विकासको लक्ष्य पुरा गर्न सरकारले अगाडी सारेका लक्ष्यलाई पुरा गर्न महासंघको भिजन पेपरले पनि निकै ठूलो सहयोग पुर्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ ।

उनले सरकार व्यापार घाटा घटाउन, निर्यात प्रवद्र्धन गर्न स्वदेशी उद्योगको प्रवद्र्धनमा केन्द्रीत रहेको औंल्याए । सरकार र निजी क्षेत्रको सहयोगविना सम्भव नभएकाले एकै साथ एकैतालका साथ सरकारसंग अगाडी बढ्न निजी क्षेत्रलाई उनले आग्रह गरे । महासंघले अगाडी सारेको सम्मानित निजी क्षेत्र समुन्नत नेपालको अभियानमा सरकारको पूर्ण समर्थन उनको भनाई छ ।

निजी क्षेत्रको सम्मान गर्ने कार्यमा सरकारले कुनै कसर वांकी नरहेकाले मुलुकका उद्योग व्यवसाय, रोजगारी सृजनाले सकारको ढुकुटीमा पनि सहयोग भएको प्रधानमन्त्री ओलीको जोड छ । उनले, ‘सरकारले सदैव सम्मान गर्ने छ, यो मेरो प्रतिवद्धता पनि हो ।’ भने ।

प्रतिक्रिया