शुक्रबार, चैत १६, २०८०

नेपालमा एकसिंगे गैंडा ६ वर्षमा १०७ थपिए

मेरोन्यूज २०७७ चैत २८ गते १८:४७

कठमाडौँ । नेपालमा एकसिंगे गैंडाको संख्या बढेको छ । ६ वर्षपछि भएको गणनामा १०७ गैंडा थपिएका छन् ।

राष्ट्रिय गैंडा गणना २०७७ अनुसार चारवटा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हाल ७५१ वटा गैंडा छन् । यसमध्ये १३६ वटा बच्चा छन् भने ९६ अर्ध वयस्क र ५२० वटा वयस्क गैंडा छन् । सन् २०१५ मा भएको गणनामा नेपालमा ६४५ गैंडा थिए । सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा रहेका छन् ।

यि क्षेत्रमा ६९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८ वटा गैंडा रहेको पाइएको छ । यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो ६ वर्षमा ८९ गैंडा थपिएका र भने शुक्लाफाँटामा १० र बर्दियामा ९ वटा थपिएका वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीका जानकारी गराए । पर्सामा भने गैंडा थपिएको छैन ।

Advertisement

प्रतिक्रिया