शनिबार, वैशाख १५, २०८१

बिस्केट जात्राको पहिलो दिन यस्तो देखियो (तस्बिरमा हेर्नुहोस्)

मेरोन्यूज २०७७ चैत २८ गते १८:५१

काठमाडौं । सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज शुरु भएको छ ।

यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु भएको हो ।

फोटोमा हेर्नुहोस्:

प्रतिक्रिया