शुक्रबार, वैशाख ७, २०८१

मुख्यमन्त्री पोखरेलको कटाक्ष : ‘पत्रकार र पार्टीको चुनाव फरक हो’

मेरोन्यूज २०७७ चैत २८ गते १८:३७

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले पत्रकार महासंघको चुनावलाई लिएर सामाजिक सञ्जालमा कटाक्षयुक्त टिप्पणी गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले आफुनिकट प्रेस चौतारीले निर्वाचनमा हारेपछि फेसबुकमा लेखेका छन्, “हिजो युनियन र सेन्टर मिल्दा महासंघमा चौतारी हारेकै हो । आज त विपक्षमा महागठवन्धन थियो । तर आमचुनाव हिजो नि फरक भयो,भोली नि हुनेछ ।”

उनको संकेत पत्रकार र पार्टीको चुनाव फरक रहेको र संसदको चुनावमा आफुहरु बलियो रहनेतर्फ केन्द्रीत छ ।

काँग्रेस निकट प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र एमालेकै माधव नेपाल पक्षसमेत मिलेर गठबन्धन बनाई चुनाव लडेका थिए । जसपा ओली निकट चौतारीले नराम्ररी हार व्यहोरेको छ ।

प्रतिक्रिया