शुक्रबार, वैशाख ७, २०८१

अमेरिकी र्‍यपर तथा अभिनेता अर्ल सिमन्सको निधन

मेरोन्यूज २०७७ चैत २८ गते १६:४०

काठमाडौं । अमेरिकी र्‍यपर तथा अभिनेता अर्ल सिमन्सको निधन भएको छ । उनको मृत्युहृदयघातका कारण भएको अन्तराष्ट्रिय मिडियाले जनाएको छ ।

उनी डीएमएक्स वा डार्क मेन एक्सका रुपमा चिनिन्थे । अन्तराष्ट्रिय मिडियाका नुसार लागुऔषधको ओभरडोजका कारण सिमन्सलाई हृदयघात भएको थियो ।उनले सन् १९९८ मा र्यान संगीतका साथ आफ्नो करियर सुरुवात गरेका थिए ।

गीतको लोकप्रियता बताउने बिडलबोर्ड २०० चार्टमा उनको पहिलो स्टुडियो एलबम ‘इट्स डार्क एण्ड हेल इज हट’ले पहिलो स्थान पाएको थियो । उनले ‘रफ राइडर्स एन्थम’, ‘गेट एट मी डग’ र ‘स्टप बिइङ ग्रीडी’ जस्ता लोकप्रिय गीत दिए । विगत दुई वर्षदेखि डीएमएक्स मादक पदार्थको सेवनको समस्यामा जुधिरहेका थिए ।

सन् २०१९ मा यो समस्याबाट मुक्ति पाउनका लागि एक मदिरा सेवन मुक्त केन्द्रमा गएका थिए । जसकारण उनले कैयौं शो रद्द गर्नुपरेको थियो ।

प्रतिक्रिया