शुक्रबार, वैशाख ७, २०८१

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोना पुष्टि

मेरोन्यूज २०७७ चैत २८ गते १६:२४

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ५३२ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७९ हजार ७२५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७२ हजार ८८६ जना पुगेको मन्त्रालयले सुझाएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३९ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८०० जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ९ हजार ७७६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले २ हजार ८०० जना आइसोलेसन र ८४ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया