बुधबार, वैशाख १२, २०८१

कटुवा पेस्तोल र गोली बोकेर हिडेका २ भारतीय सहित ३ जना पक्राउ

मेरोन्यूज २०७७ चैत २८ गते १६:१४

बाँके । जिल्लाको कोहलपुर नगरपालिका-१० हाईस्कुल चोकबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ जना पक्राउ परेका छन् ।

शुक्रबार भारतको बहराईज बाबागंज बस्ने २० वर्षीय महता प्रसाद खटिक, सोही ठाउँ बस्ने ५५ वर्षीय नकछेद पाछी र बाँके कोहलपुर नगरपालिका-१४ बस्ने ३२ वर्षीय सुरज लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया