बिहीबार, चैत १५, २०८०

ललितपुर मेयर वुमन्स च्याम्पियनसीपको उपाधि एपिएफलाई

मेरोन्यूज २०७७ चैत २८ गते १५:४७

कठमाडौँ । ललितपुर मेयर वुमन्स च्याम्पियनसीप–२०७७ टि २० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाएको छ ।

शनिबार टियु मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ उपाधि पाउन सफल भएको हो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ३८ बलमा ५ चौकासहित ३६ रनको योगदान गरिन् ।

कप्तान सीता राना मगर ३२ बलमा ४ चौकासहित २७ रनमा आउट भइन् । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन सीमित भयो । एपिएफले १६.२ ओभरमा २ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको हो ।

प्रतिक्रिया