बिहीबार, वैशाख १३, २०८१

सैनिक कप्तानका सहयोगी हत्याको अभियोगमा १९ जनालाई मृत्युदण्ड

मेरोन्यूज २०७७ चैत २८ गते १५:२५

एजेन्सी । सैनिक कप्तानका सहयोगीको हत्या अभियोगमा म्यानमारमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सेनाको स्वामित्वमा रहेको म्यावाड्डी टेलिभिजनले यसबारे शुक्रबार जानकारी दिएको सिएनएनले जनाएको छ । १२ फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएपछि यस्तो सजाय सुनाएको यो पहिलो पटक हो ।

समाचारमा जनाइएअनुसार २७ मार्चमा म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गोनको उत्तरी ओक्कालापा जिल्लामा कप्तानका सहयोगीको हत्या भएको थियो । जिल्लामा मार्शल कानुनको घोषणा गरेर अदालतले त्यही कानुनअनुसार ती व्यक्तिलाई सजाय सुनाएको अधिकारीहरूले बताएका छन् ।

निर्वाचित सरकारलाई अपदस्थ गरेर सैन्य शासक सुरु गरेको सेनाले शुक्रबारबाट विरोध अभियान सुस्त हुँदै गएको छ । म्यानमारका नागरिकले शान्ति चाहेको र यसका लागि सैन्य नेतृत्वले दुई वर्षभित्र चुनाव गराउने वाचा गरेपछि विरोध प्रदर्शन मत्थर भएको छ ।

सेनाले सत्ता हातमा लिएपछि त्यसको विरोध गरिरहेका यहाँका नागरिक र सुरक्षाकर्मीबीच दिनहँजसो हिंसात्मक झडप हुने गरेका थिए । सैन्य शासनविरुद्ध संघर्ष गरिरहेको समूहका अनुसार ६०० भन्दा धेरै प्रदर्शनकारी मारिएका छन् ।

प्रतिक्रिया