मंगलबार, वैशाख ११, २०८१

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेलकाे जित निश्चित

मेरोन्यूज २०७७ चैत २८ गते १४:५४

काठमाडाैं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल विजयी निश्चित भएको छ । निर्वाचन समितिले आधिकारिक नतिजा सार्वजनिक नगरेपनि हालसम्म आएको मत परिमाणले पोख्रेल विजय भएका हुन् ।

विपुलको जित निश्चित भएसँगै प्रेस युनियनले उनलाई खादा र माला लगाइदिएर विजयोत्सव मनाइरहेको छ । मत परिणामको औपचारिक घोषणा ५ बजेपछि गर्ने कार्यक्रम छ ।

हाल महासंघमा विजय जुलुस निकालिएको छ । महासंघको गत बुधबार देशैभर एकसाथ मतदान सम्पन भएको थियो ।

प्रतिक्रिया