म्यानमारको सेनाले १९ जनालाई मृत्युदण्डको सजाय सुनायो

काठमाडौँ । म्यानमारको सेनाले १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सेनाका क्याप्टेनको सहयोगीलाई हत्या गरेको आरोपमा १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको सेनाको स्वामित्वमा रहेको म्यावाडी टेलिभिजनले शुक्रबार जानकारी दिएको छ ।
सैन्य कू पछि यस्तो सजाय सुनाइएको यो पहिलो पटक हो । समाचारमा गत मार्च २७ मा याङ्गोनको उत्तरी ओकालापा जिल्लामा उक्त हत्या भएको बताइएको छ । उक्त जिल्लामा फौजी कानुन लागू गर्दै कोर्ट मार्सललाई सजाय सुनाउने अधिकार दिइएको छ ।
म्यानमारमा आन्दोलन मत्थर हुँदै गएको र आगामी २ वर्षभित्र ताजा निर्वाचन गरिने समेत जानकारी दिएको छ । हालसम्म म्यानमारमा आन्दोलन दबाउने क्रममा सुरक्षाकर्मीले ६ सयभन्दा बढीको हत्या गरिसकेको मानवअधिकारवादी संस्थाहरुले बताएका छन् । सेनाले हालसम्म २४८ जनाको मृत्यु भएको र प्रदर्शनका क्रममा स्वचालित हतियार प्रयोग नगरेको दाबी गरेको छ ।
द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स समूहले बिहीबारसम्म ४८ बालबालिकासहित ६१४ जनाले ज्यान गुमाइसकेको बताएको छ । उक्त समूहका अनुसार २८ सयभन्दा बढी हिरासतमा रहेका छन् ।







Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया