बिहीबार, वैशाख १३, २०८१

अल्लु अर्जुनको नयाँ फिल्मको टिजर सार्वजनिक

मेरोन्यूज २०७७ चैत २८ गते १३:१९

काठमाडौं । दक्षिण भारतका चर्चित अभिनेता अल्लु अर्जुनको नयाँ फिल्मको टिजर सार्वजनिक भएको छ ।

फिल्म ’पुष्पराज’ मा उनको नयाँ लुक्स देखेर धेरै फ्यानहरू दंग परेका छन् । फिल्म पुष्पराजको निर्देशन र लेखन सुकुमारले गरेका हुन् । यस फिल्मका निर्माता नवीन यरनेनी र वाइ रवि शंकरले गरेका हुन् । फिल्ममा अल्लु अर्जुन दाह्रीजुँगा पालेका ’रफ एन्ड टफ’ लुक्समा देखिएका छन् ।

अल्लुलाई नयाँ लुक्समा देखेर फ्यानहरूले ट्विटरमा ट्रेन्ड पनि सुरू गरेका छन्न् । अप्रिल ७, बुधबार पुष्पराजको टिजर सार्वजनिक भएको हो भने अप्रिल ८, बिहीबार उनको जन्मदिन । नयाँ फिल्मको टिजर सार्वजनिक र जन्मदिन सँगसँगै परेपछि अल्लु अर्जुनलाई बधाइ दिनेको ओइरो लागेको छ ।

फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डनाको पनि अभिनय छ । यो फिल्म यही वर्ष अगस्ट १३ मा विभिन्न पाँच भाषाः हिन्दी, तेलगु, तमिल, मलयम र कन्नड भाषामा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया