बिहीबार, वैशाख १३, २०८१

केही दिनमै नयाँ सरकार गठन हुन्छ : प्रचण्ड

मेरोन्यूज २०७७ चैत २८ गते १३:०८

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै नयाँ सरकार गठन हुने बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद भेलालाई सम्बोधन गर्दै दाहालले नयाँ सरकार गठनको प्रयासमा आफूहरू रहेको बताए ।

उनले नयाँ सरकार गठनको प्रयास निरन्तर रुपमा अघि बढाइरहेको भन्दै अब केही दिनभित्रै कालो बादल हटने बताए । दाहालले अहिले जबरजस्ती राज्यसत्ता कब्जा गर्ने अभियान चलेको बताए । उनले ७० प्रतिशत पार्टीको संसदीय संख्याले गरेको निर्णय संविधान र ऐन अनुकूल थियो भन्दै सेटिङमार्फत् आधिकारिकतालाई सरकारले खारेज गरेको बताए ।

संसदीय दलको बहुमतले हस्ताक्षर गरेर केपी ओलीलाई दलको नेताबाट हटाए र संसद सचिवालयमा दर्ता गरेका थियौं उनले भने – यो वैधानिक थियो । सरकारले सेटिङमार्फत आधिकारिकलाई खारेज गरिदिएको दाहालले आरोप लगाए । लोकतन्त्रको मूल्य मान्यता न्यूनतम् रुपमा पनि देखिएको उनले बताए । उनले कर्मचारीलाई आतंकमा बाँच्न बाध्य पारिएको बताए ।

राज्यका सबै अंगलाई सन्त्रासमा राखिएको छ भन्दै दाहालले राज्यका सबै अंगमा जबरजस्ती कब्जा जमाउने षडयन्त्र भएको आरोप लगाए । उनले पूर्वएमालेको भोट माओवादीलाई र पूर्वमाओवादीको भोट एमालेलाई परेको स्मरण गर्दै अहिले त्यो भोट छुट्याउन सकिन्छ भन्दै प्रश्न पनि गरे ।

प्रतिक्रिया