बिहीबार, वैशाख १३, २०८१

गैँडा गणना सकियो, आज नतिजा सार्वजनिक गरिने

मेरोन्यूज २०७७ चैत २८ गते १२:२७

काठमाडौ । चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना सकिएको छ । शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको समेत गणना सकिएकाले आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । नतिजा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी भएको छ ।

गैडा गणनामा ४० जना मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएका थिए । हरेक पाँचरपाँच वर्षमा गैँडा गणना गर्ने गरिएको भएपनि कोरोना महामारीका कारण यसपटक एक वर्ष ढिला भएको हो । यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन् । सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । तथ्याङ्कअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा आठ र पर्सामा तीन गैँडा भेटिएका थिए ।

यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति परिचालन गरिएको थियो। गैँडा गणनाका क्रममा बर्दियामा एकजना गणकमाथि बाघले आग्रमण गर्दा मृत्युसमेत भएको थियो ।

प्रतिक्रिया