शुक्रबार, वैशाख १४, २०८१

माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई स्पष्टीकरण माग्यो

मेरोन्यूज २०७७ चैत २८ गते १२:०१

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रदेश सभामा माओवादी केन्द्रबाट निर्वाचित भएको तर अहिले पार्टी परिवर्तन गरी नेकपा एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनिहरुलाई सांसदलाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरण सोधिने सांसदमा रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, महम्मद समीर र कुन्दन प्रसाद कुशवाहा रहेका छन् । उनिहरुलाई माओवादीले २४ घण्टा भित्र स्पष्टीकरण दिन भनेको छ ।

उक्त स्पष्टीकरण पत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया