शुक्रबार, वैशाख १४, २०८१

भारतमा कारोना संक्रमितको संख्या बढ्दै

मेरोन्यूज २०७७ चैत २८ गते ११:३९

काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरस भारतमा बढ्दै गएको छ । संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु हुनेको सङख्या ७ सय ९४ पुगेको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ ।

यस्तै भारमा १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन भने १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् । पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया