बुधबार, वैशाख १२, २०८१

हुम्लामा स्वास्थ्य शिविरबाट १ सय ६४ जनाको स्वास्थ्य परिक्षण

मेरोन्यूज २०७७ चैत २८ गते ७:०९

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकामा चैत २० गतेबाट सञ्चालन भएको स्त्री रोगसम्बन्धी स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ ।

वडा १ देखि ५ सम्म रहेको गाउँपालिकामा तालीम प्राप्त स्वास्थ्यकर्मीबाट ९८ जनाको भिडियो एक्सरे र ६६ जनालाई इम्प्लान्ट सेवा प्रदान गरिएको छ ।

गाउँपालिकाको आयोजनामा एक हप्तासम्म सञ्चालन भएको शिविरमा प्रत्येक वडामा पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको सोही गाउँपालिकाका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए ।

वडा एक लाली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवाबाट ३३ गर्भवती, इम्प्लान्ट १३, वडा दुई र तीन थाली, राया स्वास्थ्य चौकीमा भिडियो एक्सरे २५, इम्प्लान्ट सेवा २९ जनालाई प्रदान गरिएको छ ।


शिविरमा जिल्ला स्वास्थ्य सेवा कार्यालयबाट खटिएका डाक्टर डियर गजमेर र सिनियर अनमी सरिता बोहराले गाउँमै पुगेर सेवा प्रदान गरेका हुन् ।

साथै शिविरमा महिलाको पाठेघर, गर्भवती, परिवार नियोजनको अस्थायी साधन तथा अन्य स्त्रीरोगको परीक्षण, उपचार तथा परामर्श दिइएको शिविरमा खटिएका सिनियर अनमी बोहराले जानकारी दिए । (रासस)

प्रतिक्रिया