शुक्रबार, वैशाख ७, २०८१

गुण्डागर्दीको अभियोगमा नुवाकोटका ठेकेदार पक्राउ

मेरोन्यूज २०७७ चैत २७ गते २०:४५

काठमाडौं । आपराधिक गतिविधि र गुण्डागर्दी गरेको अभियोगमा नुवाकोटका एक युवा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसरले शुक्रबार नुवाकोट लिखु गाउँपालिका-३ घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ३७ वर्षीय सीताराम पुलामी मगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनी टिकाराम र राम पुलामी बताउँदै गुण्डागर्दीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। मनमैजु चोकमा उनी बर्गर हाउस र नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालन गर्दै आइरहेका थिए।

निर्माण सेवामा समेत रहेर ठेक्कापट्टामा धम्क्याउने जस्ता कार्य गरेको परिसरको भनाइ छ। उनीविरूद्ध नुवाकोटमा विभिन्न शीर्षकमा ६ वटा उजुरी दर्ता छन्। जसमध्ये दुई वटा मुद्दाको अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

प्रतिक्रिया