बुधबार, वैशाख १२, २०८१

भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउने उपप्रधानमन्त्री पोखरेलको दावी

मेरोन्यूज २०७७ चैत २७ गते १९:५९

काठमाडौं । गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ ।

काठमाडौंको कालोपुल क्षेत्रमा नदिले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गलाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए ।

यसरी भूमाफियाले जग्गको स्वामित्व परिवर्तन गर्दा स्थानीयले विरोध गरेपनि मातहतका कार्यालयले भूमाफियाको पक्षमा निर्णय गर्दा जग्गा माफियाको कब्जामा पुगेको थियो ।

२०७६ फागुन १३ गते सार्वोच्च अदालतले उक्त जग्गा सरकारको नाममा ल्याउने गरी फैसला गरेपछि मालपोत कार्यालयले २०७७ चैत्र २ गते सरकारको नाममा नामसारी गरेको छ ।

जग्गा फिर्ता भएपछि साइनबोर्ड (संकेत चिन्ह) राख्न पुग्नु भएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमाफियाको कब्जामा पुगेका सबै सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने अभियान नै चलाइएको बताएका छन् ।

देशका विभिन्न ठाउँमा अतिक्रमण भएका जग्गालाई सरकारको नाममा ल्याउने काम भइराखेको पनि बताए ।

प्रतिक्रिया