शुक्रबार, वैशाख ७, २०८१

प्रदीप ज्ञवाली र जयशंकरबीच टेलिफोन वार्ता : भारतले नेपाललाई अवरुद्ध खोप आपूर्ति सुचारु गर्ने सहमति

मेरोन्यूज २०७७ चैत २७ गते १८:३०

काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध मिलेर लड्ने विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार टेलिफोन संवाद भएको छ । उक्त संवादमा मन्त्री ज्ञवालीले अवरुद्ध खोप आपूर्ति सुचारु गर्न भारतलाई आग्रह गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतीय विदेशमन्त्रीले जवाफमा नेपाललाई अवरुद्ध खोप आपूर्तिलाई सुचारु गर्ने सहमति जनाएको उल्लेख छ । परराष्ट्रमन्त्री ज्ञवालीले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएकोमा भारतलाई धन्यवाद समेत दिएका थिए ।

भारतले खोप आपूर्तिको माध्यमबाट महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तो प्रेस विज्ञप्ति

प्रतिक्रिया